News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी मेन्स यू१६ इस्ट जोन कपको पहिलो खेलमा सिंगापुरले नेपाललाई १३९ रनको लक्ष्य दिएको छ ।
- सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनायो, जसमा कप्तान रियान नइकले ५३ रन बनाए ।
- नेपालका विपिन प्रसाद शर्माले ४ र सचिन भट्टले ३ विकेट लिए ।
८ असार, काठमाडौं । एसीसी मेन्स यू१६ इस्ट जोन कपमा नेपालले आफ्नो पहिलो खेल जित्न सिंगापुरबाट १३९ रनको लक्ष्य पाएको छ । कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भयो ।
विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।
सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।
प्रतिक्रिया 4