
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा सुकेको प्याजको मूल्य ४४ देखि ४६ रुपैयाँ प्रतिकिलो पुगेको छ।
- असारमा मूल्य ४० देखि ४२ र जेठमा ३६ देखि ३८ रुपैयाँ थियो।
- व्यवसायीहरूले मूल्यमा थोरै मात्र परिवर्तन हुने बताएका छन्।
८ असार, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो ।
कालीमाटी बजारमा आइतबार सुकेको प्याज थोकमा प्रतिकिलो न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा किनबेच भइरहेको छ ।
१ असारमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो ।
प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4