+
+
Shares

भरतपुरको बजेट ५ अर्ब १९ करोड, गत वर्षभन्दा एक अर्ब कम (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुर महानगरपालिकाले २०८२/८३ का लागि ५ अर्ब १९ करोड बढी बजेट ल्याएको छ।
  • आइतबार सत्रौं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन्।

८ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बजेट अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्ब घटेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड जसमा घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागीता तथा श्रमदानबाट ५ करोड, बैक मौज्दात ७० करोड, सडकबोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरेको छ ।

महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्व ५५ करोड ८५ लाख ९८ हजारको ल्याएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४८ करोड ७९ लाख ९० हजारको बजेट पेस गरेको थियो ।
संघ राजस्व बाँडफाँटबाट ३२ करोड रहने प्रक्षेपण गरेको छ ।

महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा आर्थिक वर्ष २०८१०/८२ मा बहुवर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

यसैगरी २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ ।

यसैगरी वडालाई न्यूनतम र सूत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ ।

महानगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडानका लागि ४ करोड, कृषि तथा पशु विकासका लागि ९ करोड, शिक्षा विकासतर्फ १० करोड ५० लाख, नियमित मर्मत सम्भारमा ४ करोड, स्वास्थ्य सेवामा ३ करोड २५ लाख, गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड, विपद् व्यवस्थापनमा १ करोड ५० लाख, महानगरपालिकाको प्रशासनिक भवन निर्माण तथा इन्टेरियर कामका लागि ४ करोड बजेट विनियोजन गरेको छ ।

३८ प्रतिशत पूँजीगत खर्च

चालु आर्थिक वर्षमा चालु तर्फ २ अर्व ७३ करोड ५२ लाख ६२ हजार विनियोजन गरिएकोमा २०८२ जेठ सातासम्म १ अर्ब ८७ करोड ५५ लाख ९५ हजार अर्थात ६९ प्रतिशत र पूँजीगत तर्फ २ अर्व ७२ करोड ४८ लाख ८० हजार विनियोजन गरिएकोमा असार पहिलो हप्तासम्म १ अर्ब ३ करोड १६ लाख २ हजार अर्थात ३८ प्रतिशत बजेट खर्च भएको छ ।

चालु वर्षको जेठ मसान्तसम्म २ अर्ब ९० करोड अर्थात ५३ प्रतिशत खर्च भएको छ । अघिल्लो बर्ष यहीँ समयमा ५१ प्रतिशत बजेट खर्च भएको थियो ।

महानगरले आन्तरिक आम्दानी तर्फ १ अर्ब ८० करोडको लक्ष्य लिएकोमा २०८० जेठ मसान्तसम्म १ अर्ब १५ करोड १ लाख अर्थात ६४ प्रतिशत आम्दानी गरेको छ ।

संघीय तथा बागमती प्रदेशबाट प्रक्षेपित समानीकरण अनुदान ३७ करोड ६ लाख र ४ करोड ८१ लाख मध्ये जेठ मसान्तसम्म ३४ करोड र ३ करोड ६१ लाख आम्दानी गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?