+
+
Shares

वित्तीय प्रणालीको साढे ४ खर्ब राष्ट्र बैंकमा, बढ्यो निक्षेप संकलन ब्याजदर

आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत २ खर्ब २३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आइतबारसम्म करिब ४.५ खर्ब रुपैयाँ केन्द्रीय बैंकमा जम्मा भएको हो।
  • बैंकहरूले आइतबार २.२३ खर्ब रुपैयाँ निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत राखेका छन्।
  • चालु आर्थिक वर्षको अन्त्यसँगै बैंकहरूले कर्जा लगानी शून्य नजिक पुगेको र रेमिट्यान्स तथा निर्यात सुधारले तरलता बढाएको हो।

८ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा पैसा राख्ने क्रम झनै बढेको छ । आइतबारसम्म वित्तीय प्रणालीको करिब साढे ४ खर्ब रुपैयाँ केन्द्रीय बैंकमा जम्मा भएको हो ।

आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत २ खर्ब २३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका हुन् ।

आइतबार बैंकहरूले १ खर्ब ६७ अर्ब स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राखेका छन् । त्यसैगरी निक्षेप संकलन मार्फत ५६ अर्ब २० करोड रुपैयाँ केन्द्रीय बैंकलाई दिएका हुन् ।

चालु आर्थिक वर्ष सकिन लागेसँगै बैंकहरूले कर्जा लगानी करिब शून्य बनाएका हुन्छन् । त्यसले गर्दा वित्तीय क्षेत्रमा अधिक तरलताको अवस्था बनेको हो । साथै, रेमिट्यान्स आप्रवाहदेखि निर्यातमा देखिएको सुधारले पनि तरलता बढाउन थप मद्दत गरेको छ ।

चालु आव अन्तिम महिना सुरु भएदेखि केन्द्रीय बैंकले पनि दीर्घकालीन अवधिको निक्षेप उपकरण जारी गरेको छ । आइतबार केन्द्रीय बैंकले आइतबार ४२ दिन अवधिको ६० अर्ब बराबरको निक्षेप संकलन उपकरण जारी गरेको थियो ।

तर, उक्त निक्षेप संकलनका लागि बैंकहरूले ५६ अर्ब २० करोडमात्र दिएका छन् । आइतबारको निक्षेप संकलन उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम ३ र न्यूनतम २.९६७५ प्रतिशत माग गरेका छन् ।

यसको औसत ब्याजदर २.९९७३ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । यो औसत ब्याजदर ४ असारको तुलनामा समान्य धेरै हो । त्यो बेला निक्षेप संकलनको औसत ब्याजदर २.९९६३ प्रतिशत थियो ।

आइतबारको निक्षेप संकलनपछि वित्तीय प्रणालीको ४ खर्ब ३५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको छ । उक्त रकममध्ये २ खर्ब ६८ अर्ब ५० करोड निक्षेप संकलनको हो भने १ खर्ब ६७ अर्ब बराबरको स्थायी निक्षेप सुविधा अन्तर्गतको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?