+
+
Shares

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओको प्रत्याभूति कोषले गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक लगानी कोषले हिमालयन बैंकको एफपीओको प्रत्याभूति गर्ने सम्झौता गरेको छ।
  • सम्झौतामा कोषका पर्वतकुमार कार्की र बैंकका अशोक राणाले हस्ताक्षर गरेका छन्।

८ असार, काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रत्याभूति गर्ने भएको छ ।

यससम्बन्धी सम्झौतामा आइतबार कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हस्ताक्षर गरे ।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?