
९ असार, धनगढी । धनगढीमा बन्द कोठमा मृत भेटिएकी युवतीको हत्या भएको प्रहरीले आशंका गरेको छ ।
धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरीको शव सडेको अवस्थामा फेला परेको थियो । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी हुन् ।
कोठा भाडामा बस्दै आएकी चौधरी बाहिरबाट ताल्चा लगाएको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
बाहिरबाट ताल लगाइएकोले उनको कसैले कर्तव्य गरेको हुनसक्ने प्रहरीको आशंका छ । तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4