+
+
Shares

आलु आयातमा बाहिरियो ६ अर्ब ६६ करोड, भारतको हिस्सा धेरै

भारतबाट ६ अर्ब ३५ करोड १४ लाख ४६ हजार रुपैयाँको २ लाख ५० हजार ९ सय ९७ टन आलु आयात भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १८:०१
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले चालु आर्थिक वर्ष ११ महिनामा ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात गरेको छ।
  • आयातमा सबैभन्दा बढी भारतबाट २ लाख ५० हजार ९ सय ९७ टन आलु आयात भएको छ।
  • गत आव ११ महिनाको तुलनामा चालु आव २९ हजार ८ सय २७ टन बढी आलु आयात भएको छ।

१५ असार, काठमाडौं । ‘तरकारीको राजा’ भनिने आलु हरेकको भान्साको लोकप्रिय तरकारी हो । तरकारीमा मात्र नभई अन्य विभिन्न परिकार बनाउन पनि उपयोग हुने आलु नेपालमा हरेक महिना अर्बौंंको आयात हुन्छ ।

सरकारको पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालले ११ महिना अवधिमा विभिन्न देशबाट साढे ६ अर्ब रुपैयाँभन्दा बढीको आलु आयात गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) सम्ममा ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात भएको छ ।

भन्सार विभागको तथ्यांक केलाउँदा ११ महिनामा भारत, बंगलादेश र चीनबाट ६ अर्ब ६६ करोड ८५ लाख ७२ हजार रुपैयाँको आलु आयात भएको छ । यो भनेको २ लाख ७० हजार २६ टन बराबर हो ।

उक्त परिमाणको आलुमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको तथ्यांकमा उल्लेख छ । भारतबाट ६ अर्ब ३५ करोड १४ लाख ४६ हजार रुपैयाँको २ लाख ५० हजार ९ सय ९७ टन आलु आयात भएको छ ।

यस्तै नेपाललाई धेरै आलु निर्यात गर्ने देशमा दोस्रो नम्बरमा बंगलादेश छ । बंगलादेशबाट ३१ करोड ४९ लाख ७० हजार रुपैयाँको १८ हजार ९ सय ६३ टन आलु आयात भएको छ ।

यस्तै तेस्रो देश चीनबाट ६६ टन आलु आयात हुँदा २१ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ ।

यस्तै गत आव २०८०/८१ मा ६ अर्ब ७ करोड ५२ लाख ७७ हजार रुपैयाँको २ लाख ४० हजार १ सय ९९ टन आलु आयात भएको थियो ।

गत आव ११ महिनाको तुलनामा चालु आव ११ महिना अवधिमा २९ हजार ८ सय २७ टन आलु बढी आयात भएको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?