
News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सले ‘स्क्विड गेम’ को अमेरिकी संस्करण निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
- अभिनेत्री केट ब्लान्चेटको सहभागिताले स्पिनअफको सम्भावना बढेको छ, तर आधिकारिक पुष्टि भएको छैन।
- सिजन ३ को अन्त्यसँगै ‘स्क्विड गेम’ को लोकप्रियता बढ्दै गएको र अमेरिकी संस्करणको तयारी भइरहेको चर्चा छ।
काठमाडौं । विश्वचर्चित नेटफ्ल्क्सि सिरिज ‘स्क्विड गेम’ तेस्रो सिजनमै नटुंगिने देखिएको छ । अन्तिम भनिएको तेस्रो श्रृंखलाको अन्त्यमा सबैलाई अचम्मित पार्ने ढंगले एक हलिउड स्टारको इन्ट्री भएपछि अब यसको अमेरिकी संस्करण आउन सक्ने चर्चा सुरु भएको छ ।
नेटफ्ल्क्सिले अमेरिकी संस्करण निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अमेरिकी भर्सनलाई डेभिड फिन्चरले निर्देशन गर्ने चर्चा छ ।
स्पिनअपको बारेमा अहिलेसम्म औपचारिक प्रतिक्रिया भने आइसकेको छैन । सिजन ३ को अन्त्यतिर लस-एन्जलसको डाउनटाउनमा एक भर्तीकर्ता र फ्रन्टम्यानलाई देखाइएको छ । ती भर्तीकर्ता हुन् हलिउड ए-लिस्टर केट ब्लान्चेट ।
भेराइटी म्यागजिनका अनुसार, नेटफ्ल्क्सिले तत्कालै स्पिनअप बनाउने सोच बनाएको छैन । अभिनेत्री ब्लान्चेटको सहभागिताले नेटफ्ल्क्सि स्पिनअपको बाटोमा अघि बढेको अनुमान चलेको हो ।
सन् २०२३ देखि नै अमेरिकी संस्करणको तयारी भैरहेको चर्चा थियो । नेटफ्लिक्सका प्रमुखले पहिले यो विचारलाई अस्वीकार गरेका थिए । उनले पहिले नै भनेका थिए कि उनी तेस्रो तथा अन्तिम सिजनपछि श्रृंखलामा फर्कन चाहँदैनन् ।
सिजन ३ को आगमनसँगै स्क्विड गेम तत्कालै नेटफ्लिक्सको चार्टमा शीर्ष स्थानमा उक्लिएको छ । नयाँ सिजनलाई लिएर दर्शक र समीक्षकलाई विभाजित छन्, जसमा ८३% समीक्षक स्कोर र रोटेन टोमेटोजमा ५२% दर्शक स्कोर छ ।
‘स्क्विड गेम’ फ्रान्चाइजी पहिले नै फ्ल्यागसिपभन्दा बाहिर विस्तार भइसकेको छ । नेटफ्लिक्सले भिडियो गेम फ्रान्चाइजीसँगै दोस्रो सिजनको लागि अनस्क्रिप्टेड श्रृंखला ‘स्क्विड गेम : द च्यालेन्ज’ नवीकरण गरेको छ ।
यसपटक स्क्विड गेमको अमेरिकी संस्करणको बारेमा कुनै ठोस समाचार छैन, तर यस्तो देखिन्छ कि नेटफ्लिक्सले यसबारे अन्वेषण गरिरहेको हुनसक्छ ।
अभिनेत्री ब्ल्यान्चेटको हाई-प्रोफाइल क्यामियोले अचम्मलाग्दो तरिकाले स्पिनअफको लागि बाटो खुला गरेको छ । इन-हो खेललाई स्थानान्तरण गर्न लस एन्जलसमा आउँदै गर्दा, सेटिङले थप कथाहरू भन्नको लागि ठाउँ प्रदान गर्दछ ।
प्रतिक्रिया 4