
बैठकमा सहभागी हुन जाँदै ।
१६ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल सुरु भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक रोकेर नमिलेका कुरामा सहमति गर्न मन्त्रालयमा सरोकारवालबीच छलफल सुरु भएको हो ।
बिहान साढे ८ बजेको लागि बोलाइएको समितिको बैठक २ बजेलाई सारिएको छ ।
मन्त्रालयमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी,एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायतको टोली सहभागी छ ।
शिक्षकसँगको छलफलपछि समिति बैठक बसेर विधेयक पारित गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4