+
+
Shares

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिम स्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने घोषणा गरेको छ।
  • सर्वसाधारणले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन्, आवेदन अनलाइन प्रणाली मेरोसेयरमार्फत हुनेछ।
  • कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ।

१७ असार, काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको हो । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

कम्पनीले अ‌ंकित मूल्य १ सयका दरले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, म्युचुअल फन्ड, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर मात्रै आम सर्वसाधारणका लागि खुल्ने छ ।

सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?