+
+
Shares

रामहरि खतिवडाले भने– दोषी देखिए कारबाही भोग्न तयार छु

‘म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु । यसमा छानबिनका लागि सभामुखलाई नै आग्रह गरेका छौं,’ खतिवडाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १२:३८

१७ असार, काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् ।

आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले भने, ‘हामीले जे पास गरेका थियौं त्यसको ठिक मुनि एउटा दफा थपिएर पछिबाट सदनमा गएको हामीले फेला पार्‍यौं । यो कसको गल्तीबाट भएको छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’

कतिपय सांसदहरुले यसमा समितिको सभापति र सचिवलाई जिम्मेवार रहेको भन्दै कारबाहीको माग गरेका छन् । रास्वपाले त सभापति खतिवडाको राजीनामा नै मागेको छ । माओवादी केन्द्रले भने यस विषयमा छानबिन गर्नुपर्ने माग गरेको छ ।

खतिवडाले आफूमाथि छानबिन माग गरेका छन् र दोषी देखिए कारबाहीको भोग्न तयार भएको बताएका छन् । ‘म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु । यसमा छानबिनका लागि सभामुखलाई नै आग्रह गरेका छौं,’ खतिवडाले भने ।

कांग्रेस नेता समेत रहेका सभापति खतिवडाले समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा एउटा दफा नै थपिएर आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए ।

यसलाई संसदमाथि भएको ठूलो प्रहार भन्दै उनले भने, ‘यत्रो ठूलो मिस्टेक कानुन बनाउन काममा कहीँ हुँदैन । त्यसमा हामी छानबिन गर्नपर्छ भन्ने पक्षमा छौं ।’

यस विषयमा छलफल गर्न कानुन र सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुलाई बोलाएको तर उनीहरु नआएको पनि खतिवडाले बताए ।

सभापति खतिवडाले यस विषयमा छानबिनको प्रक्रिया नबढेसम्म समितिको राज्य व्यवस्था समितिको बैठक नबस्ने बताए । त्यसैले आजको बैठक पनि स्थगित गरिएको जानकारी उनले गराए ।

उनले छानबिनको प्रक्रिया नबढेसम्म समितिको राज्य व्यवस्था समितिको बैठक नबस्ने बताए । त्यसैले आजको बैठक पनि स्थगित गरिएको जानकारी उनले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?