+
+
Shares

अध्ययनले भन्छ : अमेरिकी विदेशी सहायता कटौतीले एक करोड ४० लाख बढी मानिसको मृत्यु हुनसक्छ

रासस रासस
२०८२ असार १७ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सहायता कटौतीले सन् २०३० सम्ममा विश्वका एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्ने अनुसन्धानले चेतावनी दिएको छ।
  • स्रोतले बताए, यसले दुई दशकको प्रगतिलाई रोक्ने र उल्ट्याउने जोखिम छ, विशेष गरी निम्न र मध्यम आय भएका देशहरूमा।
  • अध्ययनले युएसएडको सहायता जीवन र मृत्युको निर्णयमा महत्वपूर्ण भूमिका खेल्ने देखाएको छ।

१७ असार, काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्छ । तीमध्ये एक तिहाइ साना बालबालिकाको मृत्यु हुनसक्ने एक अनुसन्धानले मंगलबार प्रक्षेपण गरेको छ ।

प्रतिष्ठित ल्यान्सेट जर्नलमा गरिएको यो अध्ययन यस हप्ता स्पेनमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनका लागि विश्व र व्यापारिक नेताहरू भेला हुँदा सङ्कटमा रहेका सहायता क्षेत्रलाई बलियो बनाउने आशामा प्रकाशित भएको थियो ।

अमेरिकी एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएआइडी–युएएड) ले जनवरीमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कनु अघिसम्म विश्वव्यापी मानवीय कोषको ४० प्रतिशतभन्दा बढी सहयोग गर्दै आएको थियो ।

दुई हप्तापछि ट्रम्पका तत्कालीन निकट सल्लाहकार र संसारका धनी व्यक्ति एलन मस्कले एजेन्सीलाई ‘काठ काट्ने मेसिनमा हालेको’ भनेर घमण्ड गरेका थिए ।

बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आइएसग्लोबल) का अनुसन्धानकर्ता एवं अध्ययनका सह–लेखक डेभिडे रसेलाले कोष कटौतीले ‘जोखिममा रहेका जनसङ्ख्याहरूको स्वास्थ्यमा दुई दशकको प्रगतिलाई अचानक रोक्ने र उल्ट्याउने जोखिम छ’ भनी चेतावनी दिए ।

‘धेरै निम्न र मध्यम आयका देशहरूका लागि यसको परिणामले हुने आघात विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वको मापदण्डसँग तुलना गर्न सकिन्छ’, उनले एक विज्ञप्तिमा भने ।

एक सय ३३ राष्ट्रको तथ्याङ्कलाई फर्केर हेर्दा अनुसन्धानकर्ताहरूको अन्तर्राष्ट्रिय टोलीले युएसएड कोषले सन् २००१ देखि २०२१ सम्म विकासशील देशहरूमा नौ करोड १८ लाखको मृत्यु रोकेको अनुमान गरेको छ ।

यो इतिहासको सबैभन्दा घातक द्वन्द्व दोस्रो विश्वयुद्धमा मर्ने अनुमानित सङ्ख्याभन्दा बढी हो ।

एचआइभी, मलेरिया बढ्ने

शोधकर्ताहरूले यस वर्षको सुरुमा अमेरिकी सरकारले घोषणा गरेको तथ्याङ्कले मृत्युदरलाई कसरी असर गर्नसक्छ भनेर ८३ प्रतिशतले कोष कटौती गर्ने भनेर प्रक्षेपण गर्न मोडलिङ पनि प्रयोग गरे।

कटौतीले सन् २०३० सम्ममा एक करोड ४० लाखभन्दा बढीको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । उक्त सङ्ख्यामा पाँच वर्षमुनिका ४५ लाखभन्दा बढी बालबालिका थिए अर्थात एक वर्षमा करिब सात बालबालिकाको मृत्यु।

तुलनाका लागि भन्नुपर्दा करिब एक करोड सैनिक प्रथम विश्वयुद्धको समयमा मारिएको अनुमान गरिएको छ ।

युएसएडद्वारा समर्थित कार्यक्रमहरू सबै कारणबाट हुने मृत्युको १५ प्रतिशत कमीसँग जोडिएको शोधकर्ताहरूले निर्धारण गरेका छन् ।

पाँच वर्षमुनिका बालबालिकाका लागि मृत्युको गिरावट दुई गुणा तीव्र अर्थात ३२ प्रतिशत थियो ।

युएसएडद्वारा समर्थित कार्यक्रमहरू सबै कारणबाट हुने मृत्युको १५ प्रतिशत कमीसँग जोडिएको शोधकर्ताहरूले निर्धारण गरेका छन् ।

रोगबाट हुने रोकथाम योग्य मृत्युलाई रोक्न युएसएड कोष विशेष गरी प्रभावकारी भएको पाइएको थियो ।

युएसएडको उच्च स्तरको सहायता पाउने देशहरूमा कम वा कुनै सहायता नपाउने देशहरूको तुलनामा एचआइभी/एड्सबाट हुने मृत्यु ६५ प्रतिशत कम थियो भनेर अध्ययनले पत्ता लगाएको छ ।

मलेरिया र उपेक्षित उष्णकटिबन्धीय रोगहरूबाट हुने मृत्युहरू पनि समान रूपमा आधामा कटौती भएको थियो ।

मोजाम्बिकको म्यानहिका हेल्थ रिसर्च सेन्टरका अध्ययनका सह–लेखक फ्रान्सिस्को साउटले युएसएडले एचआइभी, मलेरिया र क्षयरोग जस्ता रोगहरूसँग लड्न कसरी मद्दत गर्‍यो भनेर जमिनमा देखेको बताए ।

‘अहिले यो सहायता कटौतीले जीवनलाई मात्र जोखिममा राख्दैन – यसले निर्माण गर्न दशकौँ लागेको महत्त्वपूर्ण पूर्वाधारलाई पनि कमजोर बनाउँछ’, उनले जोड दिए ।

बोस्टन विश्वविद्यालयका रोग मोडलर ब्रुक निकोल्सले सञ्चालन गरेको भर्खरै अपडेट गरिएको ट्र्याकरले अमेरिकी सहायता कटौतीको परिणामस्वरूप पहिले नै लगभग एक लाख आठ हजार वयस्क र दुई लाख २४ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको अनुमान गरेको छ ।

ट्र्याकरका अनुसार यसले प्रत्येक घण्टामा ८८ जनाको मृत्यु हुने गर्छ ।

बढाउने समय

युएसएड बन्द भएपछि फ्रान्स, जर्मनी र बेलायतलगायत अन्य धेरै प्रमुख दाताले आफ्नो विदेशी सहायता बजेट घटाउने योजना घोषणा गर्दै त्यसको पछि लागे ।

‘यी सहायता कटौतीले विशेष गरी युरोपेली सङ्घ (इयु) मा आगामी वर्षहरूमा अझ बढी मृत्युहरू निम्त्याउन सक्छ”, आइएसग्लोबलको अध्ययन सह–लेखक क्याटरिना मोन्टीले भने ।

तर डरलाग्दो प्रक्षेपणहरू हालको प्रतिज्ञा गरिएको सहायताको मात्रामा आधारित छन् भन्दै त्यसैले स्थिति परिवर्तन भएमा तुरुन्तै घट्नसक्ने अनुसन्धानकर्ताहरूले जोड दिए ।

एक दशकमा सबैभन्दा ठूलो सहायता सम्मेलनका लागि यस हप्ता स्पेनी सहर सेभिलमा दर्जनौँ विश्व नेताहरू भेला भइरहेका छन् ।

युएसएड बन्द भएपछि फ्रान्स, जर्मनी र बेलायतलगायत अन्य धेरै प्रमुख दाताले आफ्नो विदेशी सहायता बजेट घटाउने योजना घोषणा गर्दै त्यसको पछि लागे ।

तर, संयुक्त राज्य अमेरिका भने उपस्थित हुनेछैन । ‘अहिले कम गर्ने होइन, बढाउने समय हो’, रसेलाले भन्नुभयो ।

आफ्नो सहायता कटौती हुनुअघि युएसएडले सम्पूर्ण अमेरिकी सङ्घीय खर्चको शून्य दशमलव तीन प्रतिशत प्रतिनिधित्व गर्थ्यो ।

‘अमेरिकी नागरिकहरूले युएसएडमा प्रतिदिन लगभग १७ सेन्ट अर्थात प्रतिवर्ष करिब ६४ डलर योगदान गर्छन्’, लस एन्जलसको क्यालिफोर्निया विश्वविद्यालयका अध्ययनका सह–लेखक जेम्स म्याकिन्कोले भने, ‘मलाई लाग्छ कि लाखौँको ज्यान बचाउन यति सानो योगदान कति प्रभावकारी हुनसक्छ भन्ने थाहा भएमा अधिकांश अमेरिकीले युएसएडको निरन्तर कोषलाई समर्थन गर्नेछन्।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?