+
+
Shares

रंगिला दालमोठ र हटपट चाउचाउ गुणस्तरहीन, बिक्री रोकेर बजारबाट फिर्ता ल्याउन निर्देशन

विभागले शुक्रबार सूचना जारी गरी बजार अनुगमन क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त चाउचाउ र दालमोठ गुणस्तरहीन पाइएको जानकारी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई कम्पनीको चाउचाउ र दालमोठ गुणस्तरहीन पाएको जानकारी दिएको हो।
  • विभागले ती उत्पादनको बिक्री रोक्का गरी बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको छ।
  • नमुनाको परीक्षणले न्यूनस्तरको खाद्य पदार्थ पाइएको र उद्योगहरूलाई जानकारी गराउने निर्देशन पनि दिएको हो।

२० असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादन हुने तयारी दुई कम्पनीले उत्पादन गर्ने चाउचाउ र दालमोठ गुणस्तरहीन पाइएको जानकारी दिएको छ ।

विभागले आज शुक्रबार सूचना जारी गरी बजार अनुगमन क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त चाउचाउ र दालमोठ गुणस्तरहीन पाइएको जानकारी दिएको हो ।

विभागका अनुसार पोखरा नुडल्स प्रालिले उत्पादन गर्ने ‘हटपट’ ब्रान्डको चाउचाउको ब्याच नम्बर १२७ यू २ को उत्पादन र रिजाल फुड एन्ड बेभरेज प्रालि चितवनले उत्पादन गर्ने ‘रंगिला’ ब्रान्डको दालमोठको ब्याच नम्बर जी ०७ को दालमोठमा पनि न्यूनस्तरको खाद्य पदार्थ पाइएको हो ।

विभागले बजार अनुगमबाट संकलन गरिएको खाद्य पदार्थको नमुना राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाका सार्वजनिक खाद्य विश्लेषक समक्ष पेस गरी परीक्षण गर्दा खाद्य पदार्थ न्यूनस्तर भएको पाइएको खाद्य निरीक्षण अधिकारी नवराज आचार्यले जानकारी दिए ।

त्यस्तै विभागले ती २ उत्पादनको बिक्री वितरण रोक्का गरी उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता ल्याउन निर्देशन दिएको छ ।

विभागले उद्योगहरूलाई बजारबाट गुणस्तरहीन उत्पादन फिर्ता गरेर त्यसको जानकारी विभागलाई गराउन पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?