+
+
Shares

‘अप्सरा आमा’को पशुपतिमा अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते १०:४५

२१ असार, काठमाडौं । ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को को अन्त्येष्टि गरिएको छ ।

श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो ।

क्यान्सर पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो ।

अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो ।

श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरु सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । काम गर्दै जाँदा मेरिबास्सैमा सिताराम कट्टेल (धुर्मुस्)कै खड्का जि क्यारेक्टरको श्रीमती अप्सरा बनेपछि चर्चामा आएकी थिइन् ।

उनी पछिल्लो केही वर्षयता क्यान्सर रोगबाट पीडित थिइन् भने पछिल्लो ३५ दिनदेखि ओछ्यानमै थलिएकी थिइन् ।

तस्वीर : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?