
२१ असार, हेटाैंडा । वीरगञ्जबाट साथीहरूसँग मकवानपुर पिकनिक आएका एक युवककाे खाेलाले बगाएर मृत्यु भएकाे छ ।
जिल्लाको भिमफेदी गाउँपालिका–१, टौवासस्थित खोलामा नुहाउने क्रममा पर्साको वीरगञ्ज महानगरपालिका-५ घर भएका अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
घटना शनिबार अपराह्न सवा ३ बजेकाे हाे । उनी वीरगञ्जबाट इभी गाडी रिजर्भ गरी साथीहरूसँग भीमफेदीस्थित टौवास घुम्न आएका थिए ।
बनभोज खाएर रमाइलो गरिरहेका उनीहरू खोलामा नुहाउन गएकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
नुहाउने क्राममा पानीको वहाव अचानक बढेपछि शर्मा खोलामा बगेर करिब ४ सय मिटर तल भेटिएकाे अर्यालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4