+
+
Shares

बालेनले गरे ऐतिहासिक सिंहद्वार उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते १७:२२

२१ असार, काठमाडौं । देशकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको असन बजार प्रवेशद्धारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले उद्घाटन गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रमकाबीच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्धारमा उक्त सिंहद्वार निर्माण गरिएको छ ।

निर्माण गरिएको सिंहको प्रतिमूर्तिको निर्माण लागत सात लाख रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?