
News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ।
- भोलि प्रधानमन्त्रीसमक्ष संस्कृति, पर्यटन एवं राज्यमन्त्रीले राजीनामा बुझाउने छन्।
- सदनलाई पनि भोलि नै जानकारी गराइने अध्यक्ष रन्जिता श्रेष्ठले बताइन्।
२१ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ ।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिइन् ।
‘आज हामी संसदीय दलको बैठक बसेका थियौं,’ श्रेष्ठले भनिन्, ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’
नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।
उनले पनि भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने श्रेष्ठले बताइन् ।
‘उहाँले पनि भोलि राजीनामा बुझाउनुहुन्छ,’ उनले भनिन्, ‘हामी सदनलाई पनि भोलि नै जानकारी गराउँछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4