
२१ असार, बागमती । मकवानपुरको भिमफेदी गाउँपालिका–१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ ।
खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
वीरगञ्जबाट साथीहरूसँग वनभोज खान खाएका शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर मृत्यु भएको जानकारी आएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4