+
+
Shares

झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

रासस रासस
२०८२ असार २१ गते २१:४८

२१ असार, भद्रपुर (झापा) । झापाको मेचिनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बुधबारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे८प ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउना साथ चिकित्सकले निजलाई मृत घोषणा गरेका उनले बताए ।

प्रहरीका अनुसार अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीया निर्मला विक र उनकी १७ वर्षीया छोरी दिपा विक घाइते भएका छन् । घाइते दुवैको चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा उपचार भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।

अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेसहित सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?