+
+
Shares

बनेपा-नाला-भक्तपुर सडक ह्युमपाइप राखेर खुलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ७:२८

२२ असार, काभ्रेपलाञ्चोक । पुण्यमाता खोलाको पुल भाँचिएर शुक्रबार रातिदेखि अवरुद्ध भएको बनेपा–नाला–भक्तपुर सडकखण्ड ह्युमपाइप राखेर खुलाइएको छ ।

अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानदेखि सवारी आवागमन सुरु भएको हो ।

बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा ४५ वर्षअघि बनेको फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएको थियो । पुल भाँचिएपछि पूर्णरुपमा बन्द भएको आवागमन खुलेको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए ।

धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले कहिलेकाँही अवरुद्ध हुँदा यही सडक प्रयोग गरेर यात्रुहरु उपत्यका प्रवेश गर्दथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?