+
+
Shares

खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग

स्ववियु अध्यक्ष दिपक जोशीले विज्ञप्ति जारी गरेर उपकुलपति छनोट तथा सिफारिससम्बन्धी निर्देशिका २०८० को पूर्ण पालना गर्दै उम्मेदवारहरूले स्पष्ट सोचपत्र सहित प्रतिस्पर्धामा भाग लिनुपर्ने व्यवस्था लागू गर्न माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि स्वतन्त्र विद्यार्थी युनियनले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग गरेको छ।
  • अध्यक्ष दिपक जोशीले उम्मेदवारहरूले स्पष्ट सोचपत्र सहित प्रतिस्पर्धामा भाग लिनुपर्ने व्यवस्था लागू गर्न आग्रह गरे।
  • स्ववियुले विश्वविद्यालयको यात्रा रूपान्तरण र गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएको छ।

२२ असार, काठमाडौं। त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग गरेको छ ।

स्ववियु अध्यक्ष दिपक जोशीले विज्ञप्ति जारी गरेर उपकुलपति छनोट तथा सिफारिससम्बन्धी निर्देशिका २०८० को पूर्ण पालना गर्दै उम्मेदवारहरूले स्पष्ट सोचपत्र सहित प्रतिस्पर्धामा भाग लिनुपर्ने व्यवस्था लागू गर्न माग गरेका छन् ।

‘त्रिभुवन विश्वविद्यालयको आगामी यात्रा रूपान्तरणसहितको गुणस्तरीय, सार्वजनिक शिक्षामा केन्द्रित हुनुपर्छ। स्ववियुले रोजगारमुखी पाठ्यक्रम र नीतिहरू, समाजको आवश्यकता अनुसारको अनुसन्धान र उच्च शिक्षाका लागि अनावश्यक विदेश पलायनको अन्त्य हुने वातावरण निर्माण गर्नुपर्ने आवाज बुलन्द गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?