+
एसीसी यू-१६ इस्ट जोन कप :

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि लिएर स्वदेश फर्कियो नेपाली टोली

२०८२ असार  २२ गते २२:३६ २०८२ असार २२ गते २२:३६
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि लिएर स्वदेश फर्कियो नेपाली टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ ।
  • नेपालले फाइनलमा सिंगापुरलाई हराएर उपाधि जितेको थियो ।
  • नेपालले यस प्रतियोगितामा अपराजित रहँदै लगातार उपाधि जितेको हो।

२२ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । टोली आइतबार बेलुकी काठमाडौं आइपुगेको हो ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो ।

नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो ।

त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।

एसीसी यू-१६ इस्ट जोन कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय