+
+
Shares

भ्लगर, टिकटकर र हुँदाहुँदै गायक !

सापेक्ष सापेक्ष
२०८२ असार २३ गते २०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिसन बानियाँ नेपाली भ्लगर र र्‍यापर हुन्, जसले सामाजिक सञ्जालमा आफ्नो कला र नयाँ प्रयोगहरू प्रस्तुत गर्दै आएका छन्।
  • उनले दुई महिनामा \'बबाल\' गीत र भिडियो तयार गरी १ करोड भ्युज प्राप्त गरेका थिए, र अब नयाँ सांगीतिक परियोजनामा छन्।
  • प्रयोगकर्ताले उनको गतिविधिहरूलाई ध्यान आकर्षणको रणनीति मान्दै, बजार र सामाजिक माग अनुसार कदम चालिरहेको देखिन्छ।

रेडिट सफरको क्रममा नेपाल सोसल नामक सबरेडिटको एउटा पोस्टमा आँखा अडियो । त्यहाँ ‘सिसन बानियाँलाई के भयो ?’ भनेर एक प्रयोगकर्ताले प्रश्न गरेका थिए । प्रश्न सोध्नुको पृष्ठभूमि उनको पछिल्ला कदमहरू थिए ।

सिसन बानियाँ को हुन् ? युवाहरूलाई चिनाइरहन जरुरी छैन । तर जसलाई थाहा छैन, वेडिङ फोटोग्राफीमार्फत यात्रा सुरु गरेका उनी पहिलो नेपाली भ्लगरहरूमध्येको एकमा पर्छन् । आज सिसन बानियाँ नामक उनको च्यानलमा ८ लाख बढी सदस्य जोडिसकेका छन् ।

त्यहाँ उनले दैनिक जीवनमा गरिरहेका कामहरूलाई भिडियोमार्फत अभिलेखीकरण गर्दै आइरहेका छन् । उनी कहाँ जान्छन् ? के गर्छन् ? कसलाई भेट्छन् ? के खान्छन् ? के कस्ता गफ गर्छन् ? इत्यादि ।

त्यसमा संगीत, सिनेम्याटिक अप्रोच, क्यामेरा वर्क्स, सम्पादनको उपयुक्त संयोजनले उनको भ्लगलाई कलात्मक बनाइएको थियो । उनलाई नेम र फेम दिलाउनुमा यहीँ प्रमुख कारण हो ।

तर भ्लगबाहेक प्याराडाइम टिभी, प्याराडाइम स्पोवर्ट्स नेटवर्क, प्याराडाइम पडकास्ट, प्याराडाइम म्युजिक आदिले पनि चर्चा दिलाएको छ । यद्यपि आजकल उनको परिचयमा नयाँ आयाम थपिएको छ-र्‍यापर अर्थात् गायक ।

यो यात्रा दुई महिनाअघि सुरु भएको थियो । त्यसबेला चर्चित नेपाली र्‍यापर नवाज अन्सारी नेपाल आएका थिए । त्यसै छेकोमा बानियाँले एउटा चुनौती राखे -२४ घण्टा भित्रमा गीत र भिडियो तयार पार्ने ।

त्यसै अनुरूप तयार भएको थियो-बबाल । यसमा उनीहरू दुई जनासँगै ओएमजी स्पार्कले पनि सहकार्य गरेका छन् । यो गीत यति चल्यो कि दुई महिनामा नै युट्युबमा १ करोड भ्युज बटुलेको छ ।

गीत चलाउन बानियाँले आफूसँग भएजतिका सबै हतियार प्रयोग गरे । सायद यो गीत त्यति चल्दैन थियो । तर, चलिरहेका अनुहारहरू देखिनु, २४ चुनौती हुनु र प्रचारप्रसार व्यापक हुनु चल्नुका कारण बने ।

गीतमा बानियाँले केही न्यारेसन र केही भर्समा र्‍याप हानेका छन् । यो गीत रिलिज समयतिर नै बानियाँ बागलुङमा अवस्थित दुर्गेश थापाको गाउँ पुगेका थिए ।

उताबाट फर्केपछि बानियाँले क्रमश: टिकटकमा चर्चित गुराँस नानीसँग भिडिओ बनाउन थाले । बानियाँले आफूलाई ‘प्रोफेस्नल टिकटकर’ बताउँदै आइरहेका छन् । त्यसबेला नै बानियाँ र गुराँस नानीलाई लिएर सामाजिक सञ्जालमा गसिफ सुरु भइसकेको थियो ।

त्यसको मूर्त रूप भने हालै देखियो ।

अब दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीको सहकार्यमा एउटा सांगीतिक पिस आउने भएको छ । त्यो कस्तो हुन्छ, थापाको पृष्ठभूमि हेरेर नै अनुमान गर्न सकिन्छ । तर, गुराँस नानी र बानियाँको हिमचिमले भने माहौल एक प्रकारले तातेको छ ।

बानियाँ किन गायक हुँदैछन् त  ?

संगीतप्रतिको झुकाव बानियाँले सञ्जालमा देखाउँदै आइरहेकै हुन् । उनको रुचिमा प्रश्न उठाउन्न पाइन्न । अनि उनले जो सुकैसँग जे गरुन्, त्यसमा पनि प्रश्न भएन । त्यो उनको नितान्त व्यक्तिगत जीवन हो ।

तर सामाजिक सञ्जालमा उनको तिनै कृयाकलापले ‘बज्’ क्रियट गर्दा भने चर्चा गर्नु स्वभाविक हुन जान्छ । सन्दर्भ जोड्न रेडिटकै उक्त पोस्टमा गरिएको कमेन्टबाट एउटा शब्द टिपेँ – अटेन्सन इकोनोमी अर्थात् मानिसहरूको ध्यानलाई मूल्यवान् संसाधनको रूपमा मान्ने प्रचलन ।

प्रयोगकर्ताले त्यहीँ रमाइलो, तडकभडक खोजिरहेका छन्, जसलाई अनेकन् हर्कत गरेर उनले पूर्ति पनि गरिरहेका छन् । यो दृश्य झट्ट हेर्दा बानियाँ यही बाटोतिर हिँडिरहेको भान हुन्छ ।

नत्र आफैं नराम्रो गाउने (भिडियोहरूमा केही पटक भनेका छन्) स्वीकारोक्ति गरेका उनले किन दुई-दुई पटक गीत निकाल्थे !

एउटा कुरा निश्चित छ, उनको गीतले मनलाई शान्त पर्दैन । चैनलाई शान्त पार्ला । एक ठाउँमा भयो, सच्चा कला साधकलाई खुस पार्दैन ।

यद्यपि उनले गीत निकाल्नु हुँदैन भन्ने होइन । तर उनले त्यस्तो ‘बजारे’ गीत निकाल्नुमा कतै हामी प्रयोगकर्ताकै भूमिका त छैन ? मेरो प्रश्न यही हो ।

सम्भवत: बानियाँले मज्जैले बुझेका छन्, बजारमा के बिक्छ ? बजारले के खोजिरहेको छ । सामान्य भाषामा भन्दा प्रयोगकर्ताको तडकभडक मागलाई उनले पूर्ति गरिरहेका हुन् । पुँजी बनाइरहेका हुन् ।

अर्कोतर्फ सञ्जालमा आफू छाइरहन बानियाँले हर्कत पनि गरिरहेका हुन सक्छन् । एकपटक इन्स्टाग्रामको ब्रोडकास्ट च्यानलमा उनले थापासँग सहकार्य गरौं कि नगरौं नभनेर पोल बनाएका थिए । त्यसमा धेरैले गरौं भन्ने विकल्पमा भोट गरेका थिए ।

सायद लोकरिज्याइँ गर्न पनि बानियाँ नयाँ रूपमा आएका हुन सक्छन् । त्यो मानेमा उनलाई चलाख मानौं । तर, साधक नभइञ्जेल फेरि उनले नयाँ गीत ननिकाले हुने ! यस्तो नौटङ्की नगरे हुने ! बरू फिल्म बनाउन लागे हुने !

प्रशंसक भएता पनि अन्धोभक्त त हुनु भएन नि !

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?