+
+
Shares

सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ

संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँग भएको भेटमा पूर्वउपप्रधामन्त्री श्रेष्ठले तत्कालीन सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानले आमजनतामा आशा जगाउन सकेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको सरकारलाई सुशासनको अभियानलाई गुणात्मक रुपमा अघि बढाएको बताए।
  • उहाँले हुलाकीमार्ग र मध्यपहाडी लोकमार्ग अभियान सफल भएको र माओवादी जनताको सेवक भएको उल्लेख गर्नुभयो।
  • श्रेष्ठले नेपालको वर्तमान राजनीतिक परिस्थिति, समृद्धि, चुनौती, सम्भावना, गैरआवासीय नेपाली नागरिकता र नेपाली डायस्पोराको भूमिका बारे धारणा व्यक्त गर्नुभयो।

२३ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढाएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँग भएको भेटमा पूर्वउपप्रधामन्त्री श्रेष्ठले तत्कालीन सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानले आमजनतामा आशा जगाउन सकेको बताए ।

पार्टीलाई सुदृढीकरण गर्दै जनतासँग जोड्नका लागि हुलाकीमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको उल्लेख गर्दै उनले माओवादी जनताको सेवक भएको बताए ।

कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपालको वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावना, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था तथा नेपाली डायस्पोराको भूमिकाबारे धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापकलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?