+
+
Shares

कारोबारसँगै घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार सोमबार २२.३५ अंक घटेर २६८४ मा कायम रह्यो र कारोबार रकम ८ अर्ब ३७ करोडमा झर्‍यो।
  • फाइनान्स सेक्टर सबैभन्दा बढी ३.७६ प्रतिशत घट्यो भने होटल तथा पर्यटन समूह ०.६१ प्रतिशत बढ्यो।

२३ असार, काठमाडौं । लगाताार बढेको ६ कारोबार दिनपछि सोमबार सेयर बजार घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.३५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६८४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ५० करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडमा खुम्चियो ।

कुल ३९ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७६ प्रतिशत घट्यो । बैंकिङ ०.७९, विकास बैंक ०.८१, हाइड्रोपावर १.०२, लगानी ०.७६, जीवन बीमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.६६, अन्य ०.१५ तथा व्यापार १.२५ प्रतिशत घटे । होटल तथा पर्यटन समूह ०.६१ प्रतिशत बढ्यो ।

माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२८, भगवती हाइड्रोपावरको ४.०६, सिन्धु विकास बैंकको ३.७४, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशत बढ्यो ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ९.४९, नेपाल फाइनान्सको ५.३९, समृद्धि फाइनान्सको ४.५९ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा र ङादी ग्रुप पावर क्रमशः छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?