+
+
Shares

यस्तो छ रसुवाको बाढीको दृश्य (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ८:५२

२४ असार, काठमाडौं ।  चीनबाट आएको बाढीले रसुवामा ठूलो क्षति भएको प्रारम्भिक विवरण आएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।

भन्सार (ड्राइपोर्ट) क्षेत्रमा ठूलो क्षति पुगेको छ । जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईका अनुसार भन्सार यार्ड पनि बाढीले बगाएको छ । रसुवागढीमा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) बन्दै थियो । त्यो पनि बगाएको छ । अन्य भौतिक संरचना पनि बगाएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार ६-७ वटा गाडी बगाएको प्रारम्भिक जानकारी आएको छ । ती गाडीमा चालक, सहचालक रहेको बताइएको छ । तर, यकिन भइनसकेको उनको भनाइ छ ।

बाढीमा परेर कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् । यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले अनलाइनखबरलाई बताए ।

बाढीले रसुवागढी जलविद्युत आयोजनामा पनि क्षति पुगेको उनले बताए ।

बाढी आएपछि काठमाडौंमा रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेम शाही जिल्ला जाँदैछन् ।

 

  

रसुवा बाढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?