+
+
Shares

प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न : सिनेट बैठक किन रोकेको ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगितप्रति आपत्ति जनाए।
  • उनीले तत्काल बैठक राख्न र शैक्षिक क्यालेन्डर बनाउन सरकारलाई ध्यानाकर्षण गराए।
  • पुनले सरकारलाई युवाको भविष्य र शिक्षा क्षेत्रको विकासका लागि गम्भीर बन्न आग्रह गरे।

२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्ब बोलाउन ध्यानाकर्षण गराएका हुन् ।

‘नेपालै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्रीज्यू हुनुहुन्छ । यसै हप्ता बोलाइएको सिनेटको बैठक आकस्मिक रुपले स्थगित गरियो’ उनले भने, ‘गत वर्ष पनि यस्तै प्रकारको घटना घटेको थियो ।’

उनले थपे, ‘तत्कालीन भिसीले सरकारको असहयोगका कारणले आफूले राजीनामा दिएको अनौपचारिक टिप्पणी पनि आएका छन् ।’

नेता पुनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर तुरुन्त निर्माण गर्न माग गर्दै सरकारसँग लाखौं युवाको भविष्यप्रति उत्तरदायी बन्न आग्रह पनि गरे ।

‘म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु टीयू सिनेटको बैठक अविलम्ब राखियोस्, शैक्षिक क्यालेन्डर बनाइयोस् र लाखौं युवाको शैक्षिक गुणस्तर सुधार गर्दै युवाको भविष्य सुनिश्चित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

नेता पुनले शिक्षा क्षेत्रको विकासका लागि सरकारलाई गम्भीर बन्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?