
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले बाढी-पहिरो पीडितको राहत र उद्धारका लागि स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएको छ।
- पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि सरकारसँग प्रभावकारी राहत र उद्धार गर्न माग गरेको हो।
- उपमहासचिव भक्त कुमारी लामाले प्राकृतिक विपद्को समयमा उद्दार, राहत र बेपत्ताको खोजी गर्न सरकारसँग जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
२४ असार, काठमाडौं। नेकपा एमालेले बाढी-पहिरो पीडितको राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारसँग माग गरेको हो ।
‘प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्दार, राहत र बेपत्ताको खोजीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’ पार्टीका उपमहासचिव भक्त कुमारी लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै एमाले बागमती प्रदेश कमिटी, जनवर्गीय संगठन, मातहत कमिटीका सम्पूर्ण कार्यकर्ताहरूलाई बाढी उद्दार र रात कार्यमा सक्रिय सहभागी हुन पार्टीले निर्देशन दिएको छ ।
हालसम्म चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4