
२४ असार, काठमाडौं । संघीय लवकतान्त्रिक मोर्चाको बैठक काठमाडौंमा जारी छ ।
काठमाडौंमा जारी बैठकमा रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा मोर्चाको तर्फबाट साझा उम्मेदवार छान्ने विषयमा छलफल हुने तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले जानकारी दिए ।
त्यस्तै, संघीयताको मर्म अनुरूप प्रादेशिक राजनीतिक दलको आवश्यकता र त्यसको निम्ति कानुनी व्यवस्था हुनुपर्ने विषयमा नेताहरूबीच विमर्श गर्ने कार्यसूचि पनि रहेको छ ।
बैठकमा निजामती सेवा ऐनमा गरिएको त्रुटि, संवैधानिक नियुक्ति सम्बन्धी सर्वोच्चको फैसला, मोर्चाको प्रतिबद्धता पत्र र कार्यक्रममाथि छलफल हुने लालले जानकारी दिए ।
प्रतिक्रिया 4