
२४ असार, जनकपुरधाम । विपक्षी दलहरूको अवरोधका कारण आज तेस्रो दिन पनि मधेश मधेश प्रदेश सभा बैठक स्थगित भएको छ । बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्ति लायतले तीनदिनदेखि अवरोध गरिरहेका छन् ।
र, निरन्तर सभामुख रामचन्द्र मण्डललेले स्थगित गर्ने गरेका छन् ।
भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
आज बैठकको सुरुमै राप्रपाकी सांसद कञ्चन बिच्छा, नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालकी सांसद किरणकुमारी शाह, नेकपा माओवादी केन्द्रकी सांसद शारदा पहाडी, नेकपा एकीकृत समाजवादीका सांसद प्रमोद यादवले शून्य समयमै बजेटमा बिचौलिया हाबी भएकाले पुनर्लेखन नभएसम्म सदन चल्न नदिने बताएका छन् ।
यता नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले बजेटको बहानामा सदनलाई बन्धक बनाउन नहुने बताए । सदन चलेपछि मात्र बजेटमा भएको कमीकमजोरी लगायतका कुराहरू आउने भएकाले उनले सदन चल्न दिनुपर्ने माग गरे ।
प्रतिक्रिया 4