+
+
Shares

किराना पसलको आडमा डेढ अर्ब क्रिप्टो कारोबार, दुई भारतीय पक्राउ

ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १६:२७

२४ असार, काठमाडौं । नेपालमा आएर गैरकानुनी रुपमा डेढ अर्ब भन्दा बढी क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ अर्ब ५० करोड भन्दा बढी गैरकानुनी क्रिप्टो कारोबार गरेको आरोपमा उनीहरूलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको विहारस्थित मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र विहारकै पूर्वी चम्पारण बिजबानीका २२ वर्षीय बिपिन कुमार रहेका छन् ।

सीआईबीका अनुसार उनीहरुले सानेपामा राजतिर्थ ट्रेडर्स नामको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरिरहेको पाइएको छ ।

सोमबार पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ८ लाख २० हजार नेपाली रुपैयाँ र भारु १० हजार र एकथान सीसीटीभी डिभिआर समेत बरामद गरेको छ ।

यस्तै संरक्षित बन्यजन्तु कस्तुरीको विना अ(खेटोपहार जस्तो वस्तु समेत बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं सीआईबी प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?