+
+
Shares

मुस्ताङमा पनि बाढी, सतर्कताका लागि सुरक्षाकर्मी परिचालित

बाढी आएपछि खोला र नदी आसपासका गाउँमा सतर्कता अपनाउन आग्रह गरिएको सुरक्षा परिचालन समेत भइसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु भुसालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १८:३४

२४ असार, पोखरा। चीनको तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै कालीगण्डकीमा मिसिने चुम्जुङ खोलामा बाढी आएको छ ।

चुम्जुङ खोलाको बाढी कालीगण्डकीमा आएर मिसिएको छ ।

बाढी आएपछि खोला र नदी आसपासका गाउँमा सतर्कता अपनाउन आग्रह गरिएको सुरक्षा परिचालन समेत भइसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु भुसालले जानकारी दिए ।

‘तिब्बत हुँदै आउने छिनजुङ खोलाको बाढी छुसाङमा आएर कालीगण्डकीमा मिसिन्छ । चरनङ, घि, छससाङ गाउँ हुँदै तल आएपछि जोमसोमसमेत किनारमै पर्छ,’ भुसालले भने, ‘बाढी ठूलै देखिन्छ । आसपासका गाउँमा सचेत गराइसकेका छौं।’

खोलाको प्रभाव पर्न सक्ने चुसाङ, कागबेनी, जोमसोमजस्ता आसपासका क्षेत्रमा पनि स्थानीय विपद् फोकल पोइन्ट तथा विपद् सूचकमार्फत सतर्कता जारी गरिएको छ

कालीगण्डकी आसपासका बस्तीहरूमा पनि असर गर्न सक्ने भएकाले सचेत गराइएको उनले बताए । यसअघि २०८० साउनमा कागखोलामा बाढी आउँदा कागबेनीमा ठूलो क्षति पुर्याएको थियो।

बाढीको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलले सतर्कता अपनाउँदै टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले पनि बताएका छन् ।

उनका अनुसार, साँझ ५ः३० बजेतिर आएको बाढीको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीको बिओपी नेचुङबाट इन्स्पेक्टर विष्णुहरी थापाको नेतृत्वमा १० जनाको टोली त्यसतर्फ खटिएको छ ।

त्यो स्थान बिओपी नेचुङबाट करिब दुई किलोमिटर दक्षिणतर्फ पर्छ ।

बाढीका कारण चुम्जुङ खोलामाथि निर्माणाधीन पक्की पुलको माथिबाट एकछिनसम्म लेदो मिसिएको पानी बगेको भए पनि पुलमा कुनै क्षति नपुगेको थापाले बताए । अहिले भने पानी पुलमुनिबाटै बगिरहेको सूचना पाएको उनले बताए ।

खोलाको बहावले अन्य क्षति नपुर्‍याए पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर सशस्त्र प्रहरी टोलीले माथिल्लो पुल, तल्लो पुल र लोमन्थाङ गाउँपालिका–१ का छोसेर, आर्का र एक्लेभट्टी क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

खोलाको प्रभाव पर्न सक्ने चुसाङ, कागबेनी, जोमसोमजस्ता आसपासका क्षेत्रमा पनि स्थानीय विपद् फोकल पोइन्ट तथा विपद् सूचकमार्फत सतर्कता जारी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?