+

आफ्नो लेटर प्याड प्रयोग नगर्न छानबिन कार्यदललाई राखेपको निर्देशन

२०८२ असार  २४ गते २०:४६ २०८२ असार २४ गते २०:४६
आफ्नो लेटर प्याड प्रयोग नगर्न छानबिन कार्यदललाई राखेपको निर्देशन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राखेपले आफ्नो लेटर हेड प्रयोग नगर्न र कार्यदललाई आफ्नो टीओआर भित्र काम गर्न निर्देशन दिएको छ।
  • राखेपले भनेको छ, 'परिषद्को लेटरहेड प्रयोग नगर्न तथा परिषद् प्रति प्रश्न उठ्ने कुनै काम नगर्न पनि निर्देशन दिइन्छ।'
  • कार्यदलले एनपीएल विवादबारे अनुसन्धान नसकिँदासम्म कुनैपनि कार्य नगर्न निर्देशन दिएको थियो।

२४ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणबारे उत्पन्न विवादबारे छानविन गर्न बनेको कार्यदललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले  आफ्नो लेटर प्याड प्रयोग नगर्न निर्देशन दिएको छ ।

दुई दिनअघि नेपाल क्रिकेट संघ (क्यान)लाई राखेपको लेटर हेडमा लेखेर पत्र पठाएको भन्ने विषयमा उक्त पत्र राखेपबाट नभई कार्यदलबाट लेटरहेडको प्रयोग गरी पठाइएको जनाउँदै राखेपले उक्त कार्यदललाई आफ्नो टीओआर भित्र रही काम गर्न निर्देशन दिएको हो ।

‘परिषद्को लेटरहेड प्रयोग नगर्न तथा परिषद् प्रति प्रश्न उठ्ने कुनै काम नगर्न पनि निर्देशन दिइन्छ’ राखेपले भनेको छ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयबाट गठित भएको छानबिन कार्यदलको निर्देशनात्मक शैलीको तीन पृष्ठ लामो पत्र राखेपको लेटर हेडमा जारी भएको थियो ।

राखेपकै बोर्ड सदस्य समेत रहेकी रञ्जना प्रधान संयोजक रहेको उक्त कार्यदलले अख्तियारको अनुसन्धान नसकिँदासम्म एनपीएलसँग सम्बन्धित कुनैपनि कार्य नगर्न भन्दै सो पत्र पठाएको थियो ।

राखेप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय