+

यू–२३ राष्ट्रिय टोलीको दोस्रो चरणको छनोटमा ५३ खेलाडी बोलाइए

२०८२ असार  २४ गते २१:४७ २०८२ असार २४ गते २१:४७
यू–२३ राष्ट्रिय टोलीको दोस्रो चरणको छनोटमा ५३ खेलाडी बोलाइए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले राष्ट्रिय यू–२३ टोलीका लागि ५३ खेलाडीहरूलाई दोस्रो चरणको छनोटमा बोलाएका छन्।
  • खेलाडीहरूलाई बुधबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपस्थित हुन भनिएको छ।
  • नेपाली यू-२३ टोलीको प्रशिक्षकमा नविन न्यौपाने छन् ।

१९ असार, काठमाडौं । राष्ट्रिय यू–२३ फुटबल टोलीको दोस्रो चरणको छनोटमा परेका खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणमा बोलाइएका ८९ खेलाडीबाट ३६ खेलाडीलाई बाहिर निकाल्दै दोस्रो चरणमा ५३ खेलाडीहरू बोलाएको हो ।

छनोटमा परेका सबै खेलाडीहरूलाई बुधबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आफ्नो खेल सामग्रीसहित उपस्थित हुन अनुरोध गरिएको छ।

यसअघि नेपाली यू-२३ फुटबल टोलीको प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् ।

दोस्रो चरणका लागि छनोट भएका खेलाडीहरू

गोलकिपर: जियारथ सेख, कृशल मोक्तान, अमीत तमाटा, बिशाल केसी, योगेश धिमाल, रोबिन बोगटी, अमर बी नेवार, बिबेक मगर

डिफेन्डर : सेमान्त थापा, अश्विन घोरासैनी, दिपक थापा, सबिन घिमिरे, आयुष तिमल्सिना, शंकर थारु, राम थापा, सुदीप केसी, बिबेक गुरुङ, अभिषेक वैबा, विक्रम तामाङ, बिशाल नेपाली, सेइसन दानी, मोहित गुरुङ, खेमराज श्रेष्ठ, निग्मा घिसिङ, अनिश परियार, गौरव महारजन, निशानराज लवोट, लहान सुब्बा, नोर्बु लामा

मिडफिल्डर : कृष्ण आले, पुजन थापा, सरोज दर्लामी, संजीव लामा, जन्मजय धामी, प्रशान्त लाक्षम, अभि स्याङ्तान, रोजल दाहाल, पेम्बा लामा, दीपेश गुरुङ, लक्षु थापा, सबिन लुङ्गेली, निरोज कार्की, बिज्ञान खड्का, आरोन थापा, दिकेश लामा

फरवार्ड : सुजन डंगोल, दिपेश चाम्लिङ, अनिल बोमजोन, रोहन खड्गी, अनिश क्षेत्री, सुजन मगर, निराजन धामी, ओम दानी

यू-२३ फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय