+
+
Shares

सिन्धुलीमा एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते २२:२९

२४ असार, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका २ पौवागढीमा मंगलबार दिउँसो एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बीपी राजमार्ग नजिक सडकबाट २५ फिट तल कमलामाई नगरपालिका ११ कुलोखोलाका ३२ वर्षीय प्रदिपराज थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

गत असार १९ गते देखि हराएको भन्दै थापाका छिमेकी रमेश आलेमार्फत इलाका प्रहरी कार्यालय भिमानमा निवेदन दिएका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खोजतलास भइरहेको थियो । प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले घटना स्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान अघि बढाएको छ ।

शवलाई पोस्टमार्टमको लागि सिन्धुली अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?