News Summary
Generated by OK AI. Editorially reviewed.- चेल्सीले फ्लुमिनेसलाई २-० गोलअन्तरले हराउँदै फिफा क्लब विश्वकपको फाइनल प्रवेश गर्यो।
- खेलमा जोओ पेड्रोले १८औं र ५६औं मिनेटमा गोल गरे।
- पेड्रोले आफ्नै देशको क्लबविरुद्ध खेल्दा गोलको उत्सव मनाएनन्।
२५ असार, काठमाडौं । यसै सिजन चेल्सीमा अनुबन्ध भएका ब्राजिलियन खेलाडी जोओ पेड्रोले २ गोल गर्दा चेल्सीले फ्लुमिनेसलाई २-० गोलअन्तरले हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
गएराति मेटलाइफ स्टेडियममा भएको खेलमा पेड्रोले खेलको १८औं र ५६औं मिनेटमा गोल गरेका थिए । फ्लुमिनेन्सले पनि केही राम्रा अवसरहरू पाएको थियो तर गोल भने गर्न सकेन ।
यसै सिजन ब्राइटनबाट चेल्सीमा आएका पेड्रोले आफ्नै देशको क्लब रहेको फ्लुमिनेन्सबाट पनि खेलेका थिए । त्यसकारण गोलको उत्सव भने मनाएनन् । चेल्सीका लागि यो उनको दोस्रो खेल थियो ।
चेल्सीले अब उपाधिका लागि रियल मड्रिड र पीएसजीबीचको विजेतासँग खेल्नेछ । रियल र पीएसजीबीचको खेल आज राति हुनेछ ।
प्रतिक्रिया 4