+
+
Shares

एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते ८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन लाइफ इन्स्योरेन्सले २५ असारदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न थालेको छ।
  • कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता सेयर निष्कासन गर्दैछ ।
  • सेयर मूल्य प्रतिकित्ता ४९९ रुपैयाँ छ र हकप्रद सेयरपछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

२५ असार, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आजदेखि आवेदन खुलेको छ ।

कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

लगानीकर्ताले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । साउन १३ सम्म आवेदन खुल्नेछ ।

मंगलबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९९ रुपैयाँ छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?