+
+
Shares

नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते ९:१८

२५ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी भएको बताएका छन् ।

अहिले कानुनी र संख्याको हिसाबले प्रतिपक्षमा बसे पनि एजेन्डाका हिसाबले माओवादी संस्थापन र अरु दल प्रतिपक्ष भएको प्रचण्डको विश्लेषण छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘जतिसुकै संख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन् । यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो ।’

उनी अगाडि थप व्याख्या गर्दै भन्छन्, ‘अहिले कानुनी र संख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौं । तर हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?