+
+
Shares

जनकपुरमा ससुराको हत्या गरी फरार भएका ज्वाइँ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेपछि ज्वाइँ महासेठलाई प्रहरीले पक्राउ गरेको छ।
  • महासेठले घरायसी विवादमा ससुराको पेटमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
  • हत्या घटनामा संलग्न महासेठलाई रेल्वे स्टेशनबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

२५ असार, जनकपुरधाम । जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको हो ।

घटनाको एकसातापछि मंगलबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले जानकारी दिए ।

महासेठलाई छुरासहित आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

एसपी रेग्मीका अनुसार महासेठले घरसायी विवादमा ससुराको पेटमा चारपट छुरा प्रहार गरेका थिए । मृतक बासुदेव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।

पक्राउ परेका महासेठमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?