+
+
Shares

टोखामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौंको टोखा नगरपालिका–६ ग्रान्डीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १३:१२

२५ असार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ ग्रान्डीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, मंगलबार बा.प्र ०१–००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२–०४४ प ६४०५ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए ।

दुर्घटना भएलगत्तै स्कुटर चालक सर्लाही हरिवन नगरपालिका–१ घर भएका २४ वर्षीय सोनाम योन्जनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनलाई चिकित्सकहरूले मृत घोषित गरे ।

ईभी चालक प्रहरीको नियन्त्रणमा लिएको छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?