+
+
Shares

यामाहाले ल्यायो ७०औं वार्षिकोत्सवमा राष्ट्रव्यापी ‘एक्स्चेन्ज अफर’

यस विशेष उत्सवको एक भागस्वरूप ग्राहकले ७ हजार रुपैयाँसम्मको नगद छुट तथा केवल ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्ने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यामाहा नेपालले ७०औं वार्षिकोत्सव मनाउँदै, राष्ट्रव्यापी एक्स्चेन्ज कार्यक्रम आयोजना गरेको छ।
  • ग्राहकले ७ हजार रुपैयाँसम्मको नगद छुट र ७.९९ प्रतिशत ब्याजदरमा ईएमआई योजना लाभ लिन सक्नेछन्।

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७०औं वार्षिकोत्सव मनाउँदै छ ।

यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरिका राइडरलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्स्चेन्ज इभेन्ट मार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन आमन्त्रण गर्दै छ । जुन इभेन्टको आयोजना २५ देखि ३२ असारसम्म सबै यामाहा शोरूममा हुनेछ ।

यस विशेष उत्सवको एक भागस्वरूप ग्राहकले ७ हजार रुपैयाँसम्मको नगद छुट तथा केवल ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्ने छन्, जसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउने कम्पनीले जनाएको छ ।

त्यस्तै कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा २५ हजार रुपैयाँको न्यूनतम मूल्यांकन, अतिरिक्त १० हजार रुपैयाँसम्मको भ्यालुएसन बोनस, निश्चित मोडेलमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई, फ्लेक्जिबल फाइनान्स अप्सन, २ वर्ष ट्याक्स–फ्री–राइड–फ्री अफर सुविधा छ, जसले बाइक किन्न झन्झटमुक्त र सहज बनाउने छ ।

यस सन्दर्भमा आफ्नो धारणा राख्दै एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार अग्रवालले भने, ‘यामाहाको ७०औं वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो । नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्रान्ड बन्दै आएको छ । यो राष्ट्रव्यापी एक्स्चेन्ज क्याम्पेन मार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौं, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?