
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदीप खड्का र स्वस्तिमा खड्का मिल्ने साथी हुन् र ‘मोटरसाइकल’ गीतमा सहकार्य गरेका थिए।
- दुवैले सामाजिक संजालमा फोटो सेयर गर्दै सहकार्यको सम्भावना संकेत गरे।
- उनीहरू टीभीएस स्कुटरको व्यवसायिक दूत हुन् र नयाँ स्कुटर लन्चमा सहभागी भएका थिए।
काठमाडौं । कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्का मिल्ने साथी पनि हुन् । ‘प्रेमगीत २’को चर्चित गीत ‘मोटरसाइकल’मा यी दुईले सहकार्य गरेका थिए ।
त्यसयता फिल्म र गीतमा यी दुईजनाको सहकार्य जुरिरहेको छैन । दर्शक यी दुईलाई एकसाथ हेर्न पनि चाहन्छन् । यो समय कहिले आउँछ निधो छैन तर, हालै यी दुई एकसाथ देखिएका छन् ।
स्वस्तिमा र प्रदीप दुवैले सामाजिक संजालमा फोटो सेयर गर्दै लेखेका छन्, ‘अहिलेसम्म सहकार्य त भैसकेको छैन तर, यो टिजर मात्र हुनसक्छ ।’
उनीहरूको व्यवसायिक उत्पादनको सहकार्यमा भने पहिल्यैदेखि छन् । दुवैजना टीभीएस स्कुटरका व्यवसायिक दूत हुन् । केही दिनअघि टीभीएस स्कुटरले जुपिटर ब्राण्डको नयाँ स्कुटर लन्च गरेको थियो ।
तस्वीर : प्रदीप र स्वस्तिमाको इन्स्टाग्राम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4