+
+
Shares

पहिरोले थुनिएको म्याग्दी नदी ‘ओभरफ्लो’ भएर बग्न थाल्यो

जिल्ला प्रशासन कार्यालय म्याग्दीले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको धौलागिरीमा पहिरो खस्दा थुनिएको म्याग्दी नदी बग्न थालेको जानकारी दिइएको छ।
  • प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
  • प्रहरी, प्रशासन र गाउँपालिकाका टोली घटनास्थलतर्फ जाँदै छ।

२५ असार, काठमाडौं । म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ । गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरोे नदी थुनिएको हो ।

गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको गाउँपालिका उपाध्यक्ष रेशम पुन मगरले अनलाइनखबरलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलका अनुसार पहिरोले थुनिएको नदी अहिले खुलेर बग्न थालेको थालेको छ ।

नदी आफ्नो बहावमा बग्न थालेपनि फेरि पहिरो खस्ने जोखिम भने रहेको उनले बताए ।

पहिरोले थुनिएको नदी ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको खतरा देखिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रहरी, प्रशासन कार्यालय र गाउँपालिकाका प्रतिनिधिसहितको टोली घटनास्थलतर्फ जाँदै गरेको उपाध्यक्ष पुन मगरले बताए ।

भिडिओ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?