+
+
Shares

रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १६:०२

२५ असार, काठमाडौं । तिब्बतबाट आएको बाढीले प्रभावित बनेकाको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक जना कर्मचारी आफैं घाइते भएपछि उद्धारको प्रयास भइरहेको छ ।

गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार प्रयास भइरहेको हो ।

सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट गएको टोलीमध्ये उनी खोंचमा खसेपछि घाइते भएका थिए । त्यसपछि उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो ।

सैनिक स्रोतका अनुसार, अवतरण ठाउँ नभएपछि हेलिकोप्टरमा राखिएको डोरीले तान्ने प्रयास भइरहेको छ । त्रिशुली नदीमा रुखमा फसेका दुईजनाको समेत मंगलबार त्यसैगरी उद्धार गरिएको थियो ।

उद्धार गरेर ल्याएर उनको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?