+
+
Shares

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १६:०७
फाइल तस्वीर

२५ असार, सुर्खेत । सुर्खेतमा एक जना ६० वर्षीय जेष्ठ नागरिकले भेरी नदीमा हाम फाल्दा बेपत्ता भएका छन् ।

बुधबार दिउँसो गुर्भाकोट नगरपालिका–१० भेडावारिस्थित भेरी नदी पुलबाट हाम फाल्दा गुर्भाकोट –११, सिमखोलीका ६० वर्षीय गोपाल वली बेपत्ता भएका हुन् ।

वलीले आज दिउँसो  २: २० बजेको समयमा भेरी नदीमा हाम फाल्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार वलीले भेरी नदीमा हाम फालेको भन्दै २: ३५ बजे  स्थानीयले प्रहरी चौकी मेहलकुनामा खबर गरेका थिए ।

त्यसलगत्तै मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भूपेन्द्र अधिकारीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

उनको खोजीकार्य भइहरेको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?