+
+
Shares
हलिउड :

स्कारलेट जोहानसन बनिन् हलिउडमा सर्वाधिक कमाउने अभिनेत्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री स्कारलेट जोहानसन हलिउड इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्री बनिन्, उनले १४.८ अर्ब अमेरिकी डलर ग्रस कमाइ गरे।
  • उनले ‘ब्ल्याक विडो’को भूमिकामा एमसीयूमा प्रसिद्धि पाएकी हुन् र पुरुष कलाकारलाई समेत उछिनेर कमाइको इतिहास रचिन्।
  • उनको कमाइको ठूलो हिस्सा मार्वल सिनेम्याटिक यूनिभर्सका पाँच फिल्मबाट आएको हो, जसले करिब ८.७ अर्ब डलर कमाएका थिए।

काठमाडौं । अभिनेत्री स्कारलेट जोहानसन हलिउड इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्री बनेकी छन् । सूचीको शीर्षस्थानमा ‘मार्वल सिनेम्याटिक युनिभर्स’ स्टार पुगेको ट्रेड पोर्टल ‘द नम्बर्स’ले जनाएको छ ।

‘ब्ल्याक विडो’को भूमिकामा उनी एमसीयूमा प्रसिद्ध छिन् । उनले पुरुष कलाकारलाई समेत उछिनेर कमाइको मामिलामा यो इतिहास रचेकी हुन् ।

जोहानसनका फिल्मले अहिलेसम्म १४.८ अर्ब अमेरिकी डलर ग्रस कमाइ गरेका छन् । यो आँकडाले उनलाई हलिउडको इतिहासमै सबैभन्दा धेरै कमाइ गर्ने कलाकार बनाएको हो ।

एमसीयूका चर्चित अभिनेता स्यामुअल एल ज्याक्सन, रोबर्ट डाउनी जुनियर र क्रिस प्राटजस्ता कलाकारलाई स्कारलेटले बक्सअफिस कमाइको हिसाबले उछिनिन् । यी सबै कलाकारले मार्वलका सुपरहिट फिल्ममा अभिनय गरेका थिए र वर्षौंसम्म लिड स्टारको रूपमा थिए ।

अभिनेत्री जोहानसनको कूल कमाइमध्ये ठूलो हिस्सा मार्वल सिनेम्याटिक यूनिभर्सका पाँच फिल्मबाट आएको हो । ‘द एभेन्जर्स’ (२०१२), ‘एभेन्जर्स : एज अफ अल्ट्रोन’ (२०१५), ‘क्याप्टेन अमेरिका : सिभिल वार’ (२०१६), ‘एभेन्जर्स : इन्फिनिटी वार’ (२०१८) र ‘एभेन्जर्स : एन्डगेम’ (२०१९) लगायतका फिल्मले मात्र करिब ८.७ अर्ब अमेरिकी डलर कमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?