+
+
Shares

विज्ञले भने : रसुवाको बाढीको कारण हिमताल विस्फोट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १६:३६
Photo Credit : Image generated by Suman Chapagain using Sentinel-2 Data Explorer, Copernicus Browser

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भू—उपग्रह तस्वीरको विश्लेषणले रसुवाको बाढी तिब्बती क्षेत्रको सुप्राग्लेसियल ताल विस्फोटको कारण भएको प्रारम्भिक निष्कर्ष देखाएको छ।
  • जलवायु परिवर्तन अध्ययन गर्ने संस्थाहरूले यस घटनाको पुष्टि गरेका छन् भने जल तथा मौसम विज्ञान विभागले अध्ययन भइरहेको बताएको छ।
  • स्वतन्त्र विज्ञहरूको अध्ययनले पनि ताल विस्फोट भएको पुष्टि गरेको र बाढीको कारण यसलाई मानिएको छ।

२५ असार, काठमाडौं । भू—उपग्रह तस्वीरको विश्लेषणको आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ ।

जलवायु परिवर्तन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरूले तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेसियल’ ताल विस्फोट भएका कारण बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रवल सम्भावना भएपनि कुन ताल विस्फोट भएको भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताएको छ ।

स्वतन्त्र विज्ञहरूको अध्ययन टोलीले पनि यसलाई पुष्टि भएको जनाएको छ । अध्ययनमा संलग्नमध्येका एक जलवायुविद् डा. धर्मराज उप्रेतीले स्याटेलाइट तस्वीरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको सुप्राग्लेसियल ताल विस्फोटका कारण बाढी आएको देखिने जानकारी दिए ।

‘सुप्राग्लेसियल लेक विस्फोट भएर यो घटना भएको भन्ने अहिलेसम्मको प्रारम्भिक अध्ययनले देखिन्छ । त्यो स्थानमा भारी वर्षा पनि नभएको र स्याटेलाइट तस्वीरका आधारमा सोही ताल विस्फोट भएको देखिन्छ,’ उनले भने ।

उप्रेतीले थपे, ‘विस्फोट अघि र पछिको सो स्थानको वस्तुस्थिति विश्लेषण गर्दा यो देखिन्छ । पहिला र पछिको तस्वीरमा बाढीका तहगत संकेतहरु देखापरेको छ । यो नै  विस्फोटकै कारण बाढी आएको भन्ने भनाइको सत्यता नजिक छ ।’

सो क्षेत्रमा अन्य तालहरू पनि रहेकाले ती तालको परिवर्तनको अवस्थितिको सुक्ष्म विश्लेषण पनि भइरहेको पनि उनले जानकारी दिए । यो ताल धेरै पुरानो नभएको देखिएको उनले स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?