+
+
Shares

फिल्म छायांकन सेटमा गाउँदा गाउँदै ढले थानेश्वर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जनै हराएको मान्छे’को गीतको छायांकनको क्रममा गायक थानेश्वर गौतम बेहोस भए।
  • उनीलाई पानी खुवाएर होसमा ल्याइयो र पुनः छायांकन जारी रह्यो।
  • थानेश्वरले आफू भावनामा बसेको र मानसिक रुपमा विक्षिप्त भएको बताए।

काठमाडौं । सन्दर्भ थियो- फिल्म ‘जनै हराएको मान्छे’को गीतको छायांकन । मंगलबार राती बुढानिलकण्ठको एक ब्यांक्वेटमा फिल्मको गजल गायनको दृश्य खिच्ने काम भैरहेको थियो र थानेश्वर गौतम गाउँदै थिए ।

‘आधाआधी सपनाहरू भैदिएन पुरा’ बोलको गीत भावनामा डुबेर गाउँदै थिए थानेश्वर । उनको गायकीमा दर्शक मन्त्रमुग्ध भएर सुन्दै थिए । प्राविधिक यो दृश्यलाई क्यामेरामा कैद गर्दै थिए ।

गाउँदा गाउँदै थानेश्वर अचानक बेहोस भएर हार्मोनियममाथि ढले । त्यसपछि छायांकन सेटको माहोल बदलियो । फिल्मको क्रू र उपस्थित पत्रकार आत्तिए र हतास देखिए ।

स्टेजबाट तल झारेर थानेश्वरलाई पानीले छम्कियो र बेन्चमा सुताइयो । केही छिनपछि उनी होसमा आए । होसमा आएपछि थानेश्वरले गीत गाउँदा आफू भावनामा बहेको र मानसिक रुपमा विक्षिप्त बनेको बताए ।

सबै कुरा ठीकठाक भएपछि थानेश्वर पुनः तयार भए अनि छायांकन सुरु गरियो । ‘उहाँको शरिरमा पानीको अभाव भएको रहेछ । केही समयपछि ठीक हुनुभयो र छायांकन सक्यौं’ फिल्मका सहायक निर्देशन मनीष राउतले अनलाइनखबरलाई भने ।

प्रदर्शन तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे’को अहिले छायांकन भैरहेको छ । थानेश्वर अहिलेका चर्चित लोकगायक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?