+
+
Shares

वाईसीएलले श्रम तथा उत्पादन अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपालले दुई महिने श्रम अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
  • अभियानको उद्घाटन १ साउनमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने तय भएको छ।

२५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने भएको छ ।

भर्चुअल माध्यममा बुधबार बसेको केन्द्रीय समिति दोस्रो पूर्ण बैठकले १७ र १८ असारमा बसेको पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गरेको हो ।

अभियानको उद्घाटन १ साउनमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने तय भएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गर्दै सबै एकताबद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे ।

प्रकृतिजन्य विपद व्यवस्थापनलाई आफ्नो मुख्य कार्यक्रममा समेट्दै विपद् व्यवस्थापन एसटीएफ गठन गरेको छ । विपद् व्यवस्थापन पूर्व तयारी स्वरुप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?