+
+
Shares

चौथो दिन पनि मधेश प्रदेश सभा बैठकमा विपक्षी दलको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सभाको बैठक विपक्षी दलहरूको अवरोधले चौथो दिन पनि स्थगित भयो।
  • विपक्षी दलहरूले बजेटमा असमानता र बिचौलियाको प्रवेशको कारण बैठक चल्न नदिएको बताएका छन्।

२५ असार, जनकपुरधाम  । विपक्षी दलहरूको अवरोधले मधेश प्रदेश सभाको बैठक आज चौथोदिन पनि स्थगित भएको छ ।

विपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको अवरोधपछि बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेशसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट वक्तव्यमा असमान र बिचौलियाको प्रवेश रहेकाले माग पूरा नभएसम्म सदन चल्न नदिने बताए ।

‘सदनमा नियमित सत्ता पक्षका सांसदहरूको न्यून उपस्थितिले पनि बजेटप्रति उनीहरूको व्यापक असन्तुष्टि छ । असमान र बिचौलिया प्रवेश बजेटको बजेटको साक्षी विपक्षी दल बन्न सक्दैन । माग पूरा नभएसम्म हामी सदन चल्न दिन्नौं,’ उनले भने ।

यसपछि सभामुख रामचन्द्र मण्डलले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । बजेटमा रहेको व्याप्त असन्तुष्टिका कारण विपक्षी दलहरू बजेट पुनर्लेखनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?